पाक्न लागेको मकै असिनाले क्षती हुँदा किसान मर्कामा

0 0
Ads here
Read Time:3 मिनेट, 10 सेकेन्ड

रौतहट :  शुक्रबार राति आएको असिनापानीले रौतहटका किसानलाई ठूलो मर्का पुर्‍याएको छ। असिनापानीले जिल्लाको विभिन्न भागमा व्‍यावसायिक रुपमा लगाइएको मकैबाली,गहुँबाली तथा घर टहरामा समेत ठूलो क्षति पुर्‍याएको छ। पाक्न लागेको खेती असिनाले सखाप पारेको चन्द्रपुर नगरपालिका वाड नं ६ का राजु पराजुलीले जानकारी दिए। घरमा भित्र्याउने बेला भएको विकासे मकै असिनापानीले नष्ट पारेको उनले गुनासो गरे। पराजुलीको जस्तै रौतहटका विभिन्न स्थानमा असिनापानीले हजारौँ बिगाहमा लगाएको मकैबाली नष्ट भएको किसानहरुको भनाइ  छ। हावाहुरी र असिना पानीले गाउँघरमा बसोबास गर्दै आएका अधिकांश लाई उठीबास लगाएको छ। कोरोनाले आक्रान्त बनाइरहेका बेला फेरि हावाहुरी र असिनापानीले धेरैको उठिबास लगाएपछि स्थानिय झन् त्रसित छन्। क्षतिको यकिन विवरण आउन बाँकी रहे पनि असिनापानीले रौतहटमा करोडौँको क्षति भएको अनुमान गरिएको छ।

cold baat bachau
tamagadhi emergency add

राहत माग सुकुम्बासी बस्तीको बासिन्दालगायत अधिकांशको घरको छानामा क्षति पुगेको छ। हावाहुरी र असिना पानीले चन्द्रपुर नगरपालिकाको बेतोना, बैजनाथपुर, सन्तपुर अल्टोकी ,मरधर सिन्दुरेघारी नजरपुर ,चेतनगर,  मरिनटोल लगायतका गाउको बासिन्दाका घर र अन्नबालीमा क्षति पुर्‍याएको रौतहट क्षेत्र ४ का संघीय संसद् देवप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन्। पाक्‍न लागेको गहुँ, मकै, दलहन बाली र तरकारी बालीमा पूर्णरूपमा क्षति पुगेको  संसद् तिमिल्सिनाले बताए। पीडित किसानहरूलाई सरकारले चाँडोभन्दा चाँडो राहतको व्यवस्था गर्नुपर्ने संसद तिमल्सिनाले माग गरेका छन्। असिना तथा हावाहुरीले यहाका अधिकांश घरका खपटा, टायल फुटेर नष्ट भएका छन्।

Breast Feeding Ads
Kolhabi Ads

हावाहुरीले सीमा क्षेत्र बौधीमाई नगरपालिकास्थित सशस्त्र प्रहरीको सरमजुवा बोर्डर आउट पोष्टको घरसमेत भत्किएको छ। राति आएको हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर नै भत्काएको सशस्त्र प्रहरी ११ नम्बर गणका गाणपति तथा सशस्त्र प्रहरी उपरीक्षक रवीनराज कर्णजितले जानकारी दिए। हावाहुरीले अन्य अस्थायी पोष्टमा समेत क्षति पुर्‍याएको उनले जानकारी दिए।थाहा खबरबाट सभार

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु