बढी मुनाफा लिएर रासायनिक मल बेचेको आरोपमा साह पक्राउ

0 0
Ads here
Read Time:3 मिनेट, 12 सेकेन्ड

बारा जिल्लाको कोल्हबीमा सहकारीमार्फत कृषकलाई सहुलियतमा मल उपलब्ध गराउने भनेर कृषि सामग्री कम्पनी लिमिटेडबाट अनुदानमा खरिद गरी ल्याएको मल बढी मुनाफा लिई किसान ठग्न लागेपछि बारामा एक जना प्रहरीको फन्दामा परेका छन्। सहकारी खोलेर मलको कारोबजारी गर्ने बाराको कोल्वी नगरपालिकाका स्थानीय शम्भु शाहलाई प्रहरीले समातेको हो।

raining add

कोल्हवी बजारस्थित श्री लक्ष्मी बहुमुखी सहकारी संस्था सञ्चालन गरी शाहले मल खादहरू बिक्री गर्दै आएका थिए। कृषि सामग्री कम्पनी लिमिटेड कलैया र साल्ट ट्रेडिङ वीरगन्जबाट खरिद गरी आफ्नै घरभित्र स्टोर गरी बढी मूल्यमा बिक्री गर्ने गरेका थिए । साहले ७ सय रुपैयाँमा पर्ने युरिया मल ९ सयमा बेच्ने गरेको खुलेपछि इलाका प्रहरी कार्यालय कोल्वीबाट खटिएको प्रहरी निरीक्षक बालिस्टर सिंहको टोलिले पक्राउ गरेको हो।

tamagadhi mart

प्रहरीले शाहको घरमा स्टोर गरी राखिएको युरिया मल एक सय ८१ बोरा, कृषक पोटास ८३ बोरा, एल्मुनियम सल्फेट ६० बोरा र फोस्फेट ७८ बोरा फेला पारेको छ।
बरामद सामान सिलबन्दी गरी राखिएको जिल्ला प्रहरी कार्यालय बारा, कलैया प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

Breast Feeding Ads

पक्राउ परेका साहलाई कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले बताए। त्यसअघि प्रहरीले लकडाउनको मौका छोपेर किसान ठग्ने योजना बनाएका बाराको प्रसौनी गाउँपालिका ५ प्रस्टोकाका शम्भु साह र रमेश साहलाई पक्राउ गरेको थियो। उनीहरुले प्रसौनी ६ स्थित ऋषि वााल्मिकि कृषि सहकारी संस्थाबाट युरिया तथा डिएपी मल खरिद गरी किसानलाई बढी मूल्य लिएर बेच्ने तयारी गरेका थिए।

Kolhabi Ads

सहकारीबाट खरिद गरेर लुकाइछिपाई राखेको अवस्थामा ५० केजीका २९ बोरा युरिया र १० बोरा डिएपी फेला फेला पारेको थियो। कृषि सहकारी संस्थाहरूले मात्र कृषि सामग्री कम्पनी लिमिटेडबाट मल खरिद गरी सोझै किसानलाई बिक्री गर्नुपर्नेमा शम्भु साह र रमेश साहलाई ऋषि वाल्मिकि कृषि सहकारी संस्थाले अनधिकृत रुपमा मल उपलब्ध गराएको भेटिएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु