पोखरिया नगरपालिकामा राहत खद्यान्न बितरण गर्दै मेयर रौनियार

Ads here
Chaudhary Traders
Read Time:3 मिनेट, 7 सेकेन्ड
Manakamana Gold


राजन बानिया
पोखरिया ४ बैसाख
बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचाउन सरकारले गरेको लकडाउनको कारण दैनिकी मजदुरी गरेर खानेहरुलाई धेरै दिन देेेखि समस्या देखिएकोले पर्साको पोखरिया नगरपालिकाले आज राहत बितरण गरेका छन।पोखरिया नगरपालिकाको सहयोगमा वडा नंम्बर ३ बसनपुर का दलित , गरिब, बिपन्न परिवारहरुलाई बितरण गरिएको हो। पोखरिया नगरपालिकाका वडाहरुको गााउँ वसनपुर र फुलवरियाका १६० जना लाई राहत बितरण गरिएको पोखरिया नगरपालिकाको नगरप्रमुख दिपनारायण रौनियले जानकारी गराएका छन। नगरप्रमुख रौनियारले भने प्रत्येक वडामा सर्बदलिय बैठक बसी दलित, गरिब र अतिबिपन्न परिवारहरुलाई पहिचान गरि नगरपालिकामा जनकारी दिएपछी राहत खद्यान समाग्री बितरण गरिएको बताए । नगरपालिकामा कुनै दलित, गरिब र बिपन्न, जनताहरु भोकै बस्न नपरोस भन्दै सबै घरको चुलो बलोस भन्दै खाद्यान्न समाग्री राहत बितरण गरिएको नगरप्रमुख रौनियारले बताए ।खद्यान्न राहत बितरणमा चामल २५ किलोग्राम , मसुरोदाल २ किलोग्राम ,खानेतेल एक किलोग्राम ,नुन २ किलोग्राम ,आलु पाँच किलोग्राम ,प्याज दुई किलोग्राम ,मसौरा ५ सय ग्राम, कपडा धुने साबुन २ वटा, नुहाउने साबुन २ वटा रहेको नगरप्रमुख रौनियरले जनाए का छन। । राहत बितरण कार्यक्रममा उपमेयर सलमा खातुनले नगरबासीहरुलाई कोरोना भाईरस बाट बचन लकडाउन को पालन गर्न आग्रह समेत गरिन लकडाउनमा घर बाहिर नजान , घरमै बस्न, तिन फिट को दुरी अपनाउन र साबुन पानी ले हाथ धुनको साथै मास्क लगाएर बस्न आग्रह समेत गरिन । खद्यान्न राहत समाग्री बितरण कार्यक्रम वडा अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षतामा समपन्न भएको थियो। राहत बितरण कार्यक्रममा संविधान सभा सदस्य रामेश्वर रौनियार, नेकपाका पारस प्रसाद तेली, शंकर प्रसाद यादव, नगरपालिकाको समाजिक बिकास शाखा प्रमुख बिनोद पाण्डे ,मेयरका स्वकिय राजु रौनियार, नेपाल प्रहरी , सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो । राहत बितरण मा तिन फिटको समाजिक दुरी अपनाएर खद्यान्न बितरण गरिएको थियो ।

Incidents Registration
0 0
Novel Corona Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Breast Feeding Ads
फेसबुक प्रतिक्रियाहरु