प्रदेश २ को १२ स्थान सिल गर्ने तयारीमा प्रदेश सरकार

0 0
Ads here
Read Time:2 मिनेट, 21 सेकेन्ड

जनकपुरधाम : प्रदेश २ मा चार जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमित व्यक्ति फेला परेपछि प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ का १२ स्थानमा सिल गर्न सकिने बताएका छन् ।

cold baat bachau

प्रदेश २ को वीरगञ्ज र रौतहटमा ४ जना कोरोना संक्रमित व्यक्ति फेला परेपछि प्रदेश सरकारले १२ स्थानलाई ‘हट स्पट’मा राख्दै आवश्यक परे सिल गर्न सकिने बताएको हो ।

tamagadhi emergency add

यसका लागि प्रदेश सरकारले तयारी थालेको छ ।

Breast Feeding Ads

कानुन मन्त्री यादवले आवश्यक परे स्थान विशेषलाई सिल गर्ने तयारी लागेको बताए ।

Kolhabi Ads

मन्त्री यादवले शुरुमा ‘हट स्पट’मा रहेका स्थानहरुमा चेकजाँच र निरीक्षण बढाउँदै लैजाने र पछि सिल गर्नुपर्ने अवस्था आए त्यो पनि गरिने बताए ।

तीन जना कोरोना संक्रमित फेला परेका वीरगञ्जको वडानम्बर २ को पूरै भूभाग, सप्तरीको बोदेबर्साइनमा भएको मुस्लिम धार्मिक सभास्थलसहित १२ ठाउँमा सिल गर्न सकिने मन्त्री यादवले जानकारी दिए ।

मन्त्री यादवले भने–‘शुरुमा यी ठाउँहरुमा उच्चस्थरीय सुरक्षा समितिका पदाधिकारी तथा स्वास्थ्यकर्मीले जाँच तथा अनुगमन गर्नेछन् । त्यसपछि जुन ठाउँको अवस्था शंकास्पद देखिन्छ, त्यो ठाउँलाई तत्काल सिल गरिन्छ ।’

यसका लागि हिजो सोमबार सुरक्षा समितिका उच्च अधिकारीहरु स्थलगत अनुगमन शुरु गरिसकेका छन् ।

प्रदेश २ को वीरगञ्जमा तीन जना भारतीय नागरिकमा र रौतहटमा भारतबाट आएका एक १९ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश दुईमा उच्च सतर्कता अपनाइएको हो । स्रोत द नेपाल टप

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु