२०७६ चैत्र ३० गते आइतबार हेर्नुहोस तपाईंको राशिफल

0 0
Ads here
Read Time:9 मिनेट, 9 सेकेन्ड

वि.सं. २०७६ चैत्र ३० गते । आईतवार । इ.स.२०२० अप्रिल १२ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा । वैशाख कृष्णपक्ष । तिथी– पंचमी,२२ बजेर ५५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– ज्येष्ठा,२४ बजेर ३८ मिनेट उप्रान्त मूल ।योग– वरियान,२६ बजेर ०७ मिनेट उप्रान्त परिध । करण– कौलव,११ बजेर ३५ मिनेट उप्रान्त तैतिल,२२ बजेर ५५ मिनेट उप्रान्त गर । आनन्दादिमा काण योग ।चन्द्रराशि–वृश्चिक,२४ बजेर ३८ मिनेट धनु । काठमाडौंमा सूर्योदय ६ बजेर ४४ मिनेटमा, सूर्यास्त १८ बजेर २६ मिनेटमा । दिनमान ३१ घडी ४५ पला । भक्तपुरमा विश्वध्वज उत्थान। विश्व ज्योतिष महासंघ स्थापना दिवस। चैत्र मसान्त। वि.सं. २०७६ समाप्ति।

cold baat bachau

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

tamagadhi emergency add

समय मध्यम रहेकोले परिश्रमको फल ढिला प्राप्त हुनेछ । सामान्य कुरामा अलमलिदा उपलब्धी मुलक कामहरु गुम्नसक्छ ।भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरुसँग मनमुटाव सिर्जना हुनेछ ।ऋण,रोग तथा संकटको सामना गर्नु पर्ने हुन सक्छ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

Breast Feeding Ads

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

Kolhabi Ads

रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ । व्यापार व्यवसायमा घाटा लाग्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ ।भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

प्रतिस्पर्धा भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले विद्या तथा प्रतिस्पर्धामा नतिजा आफ्नो पक्षमा पार्न बढी नै मेहनेत गर्नु पर्नेछ ।आफन्त तथा मामा पक्षसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।न्यायीक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छ । माया प्रेममा शंका गर्नाले सम्बन्धमा चिसोपनको शुरुवात हुनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफन्त तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ । वौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ । विद्यार्थी हरुका लागि समय उत्तम रहेको छ ।मन परेको मानिसबाट भौतिक सम्पत्ती तथा उपहार प्राप्त हुने योग रहेको छ । प्रेममा रमाउन चाहानेहरुका लागि समय फलदायी रहेको छ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न ।व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागि समय मध्यम रहेको छ ।सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुँनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यवसायमा लगानी गर्नको लागि केहि समय पर्खर्नु पर्दछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।प्रेममा रमाउने चाहनेहरुका लागि समय फलदायी रहनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफ्नो दैनिक काम समयमा सम्पादन गरी बचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ । ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ ।प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाईनेछ । पढाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ ।शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुख पाईनेछ । मन परेको मानिसबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफन्त तथा घर परिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ ।राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेको छ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनीतिज्ञको लागि समय मध्यम रहेको छ । व्यापारमा प्रशस्त समय दिएपनि आम्दानी न्युन हुनेछ । बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने तथा घरायसी कुरामा राय बाजिनेछ ।पढाई लेखाईमा समय दिएपनि नतीजा भनेजस्तो आउने छैन । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखी काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुची बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागि समय उत्तम रहेको छ ।आत्मविस्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । लोक पथबाट सभार

तपाईको दिन शुभ रहोस् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु