एम्बुलेन्स मार्फत लागुऔषध ओसारपसार गर्ने चितवनमा पक्राउ

0 0
Ads here
Read Time:2 मिनेट, 14 सेकेन्ड

चितवन – चितवनमा एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

cold baat bachau

भरतपुर महानगरपालिका–२ जुन हल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका तीन जनालाई शुक्रबार सार्वजनिक गरिएको हो ।
 
नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरुको साथबाट नाइट्राजेपाम १८७ ट्याबलेट, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर र ट्रमाडोल ४० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

tamagadhi emergency add

एम्बुलेन्समार्फत लागुऔषध ओसारपसारमा संलग्न विनोद रानामगर, प्रवीण घर्तीको बयानको आधारमा लागुऔषधको मगाउने अञ्जन तिमिल्सिनालाई समेत पक्राउ गरिएको उहाँले बताउनुभयो ।

Breast Feeding Ads

विनोद रानामगर र प्रवीन घर्तीले चैत २४ गते नक्कली बिरामी बनेर एम्बुलेन्स चालकलाई फोन गरी बोलाएका थिए । बिरामी लिएर बर्दघाट जाने र बर्दघाटबाटसमेत बिरामी ल्याउने भनी एम्बुलेन्सलाई भरतपुर आँखा अस्पताल अगाडि बोलाएको प्रहरीले जनाएको छ ।
 
प्रहरीका अनुसार विनोद रानामगर बिरामी भएको बहानामा बर्दघाट गएको, बर्दघाट पुगेपछि चालक एम्बुलेन्समा नै बसेको र अन्य दुई जना ओर्लेर गएकामा केही समयमा आएर बिरामी लैजान नपर्ने भयो, हामीहरु फर्कौं भनेपछि एम्बुलेन्स फर्कने क्रममा पक्राउ परेको हो । पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ । स्रोत उज्यालो

Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु