१० एसएसपी डिआईजीमा बढुवाका लागि सिफारिस

0 0
Ads here
Read Time:1 मिनेट, 9 सेकेन्ड

चैत २९, २०७६ काठमाडौं : गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीका दस प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस गरेको छ।  गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा शुक्रबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त दस डीआईजी पदमा बढुवाको लागि सिफारिस गरेको हो। एसएसपीहरु धिरजप्रताप सिंह, घनश्याम अर्याल, सहकुल थापा, बसन्तकुमार लामा, बसन्तकुमार पन्त, ईश्वरबाबू कार्की, प्रकाशजंग कार्की, उत्तमराज सुवेदी, रवीन्द्रसिंह  धानुक र अरुणकुमार बिसी छन्। गृहसचिव न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिमा आईजीपी ठाकुरप्रसाद ज्ञवाली सदस्य र एआईजी शैलेश थापा क्षेत्री सदस्यसचिव छन्।

cold baat bachau
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add