कलैया । बारागढी गाउँपालिका–३ अन्तर्गत खोपवा टोलमा नेकपा एमालेले वडा स्तरीय विस्तारित बैठक आयोजना गर्दै ७५ सदस्यीय चुनाव प्रचार–प्रसार समिति गठन गरेको छ। समितिको संयोजकमा विक्रान्त चौधरी चयन भएका छन्।
बैठकपछि नवगठित समितिले तत्कालै घरदैलो अभियान सुरु गरेको थियो। अभियानका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति, कार्यक्रम र चुनावी एजेन्डाबारे जानकारी दिइएको जनाइएको छ।
घरदैलो कार्यक्रममा बारा क्षेत्र नम्बर १ का एमाले उम्मेदवार अच्युत मैनालीसहित केवल प्रसाद चौधरी, गोबिन्द पौडेल, पृथ्वी राज शिवाकोटी, बृज किशोर चौधरी, दीपक चौधरी लगायत नेता तथा कार्यकर्ताहरू सक्रिय रूपमा सहभागी भएका थिए।
स्थानीय तहसम्म संगठन सुदृढ गर्दै चुनावी अभियानलाई तीव्र बनाउने उद्देश्यले कार्यक्रम गरिएको एमालेले जनाएको छ ।






















