कलैया । थारु कलाकार मंच बारा जिल्ला उपाध्यक्ष रजनिकान्त (राजन कुमार) चौधरीको बिशेष पहलमा भवन निर्माणका लागि जग्गा उपलब्ध भएको छ ।
जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष हेमनारायण चौधरीले सानो डुमरवाना स्थित किता नम्बर १३८ रहेको पाँच कठ्ठा जग्गा राष्ट्रिय स्तरको भवन निर्माणका लागि उपलब्ध गराउनु भएको हो ।
वडाध्यक्ष चौधरीको अध्यक्षतामा पौष १० गते पुर्व जनप्रतिनिधि एवम अगुवा ब्याक्तीहरु बैठक बसेर सो निर्णय गरेका हुन् ।
उक्त बैठकले थारु हेरिटेज फाउन्डेसनको भवनका लागि पनि सो वडा स्थित सानो डुमरवाना उपयुक्त रहेको निर्णय गरेको जनाएको छ । र भवन निर्माणका लागि चाडैं पहल गर्ने बताएका छन् ।
थारु कलाकार मंच बाराका उपाध्यक्ष चौधरी हरेक क्षेत्रबाट निरन्तर रुपमा जिल्लाका कलाकारहरुलाई सहयोग गर्दै आइरहनु भएको छ । बि. एण्ड जि. ईन्टरटैनमेन्ट नेपाल युट्युब च्यानेलमा प्रदर्शन भएको केहि म्युजिक भिडियोहरुमा निर्माताको रुपमा काम गरिसक्नु भएको छ । ´´थारु बारी हम थारु थारु थारु “ गितको म्युजिक भिडियोबाट चर्चा कमाएका उपाध्यक्ष चौधरी थारु भाषाको पहिलो छठ गीत बजारमा ल्याउदै सो गीतको भिडियो मुख्य कलाकारको रुपमा समेत अनिभय गरि सक्नु भएको छ ।
उपाध्यक्ष चौधरीका अनुसार थारु कलाकार मंचको शाखाहरु मध्य देश कै पहिलो शाखा कार्यालय बाराले आफ्नो तर्फमा जग्गा हात पारेकोले यो कुरा उदाहरणीय बनेको छ ।
स्थानीय, प्रदेश तथा केन्द्रिय निकायमा पहल गरि चाडैं नै सो जग्गामा भवन खडा गर्ने अडान लिएको कुरा उपाध्यक्ष चौधरीले चेरवन्त खबरलाई बताउनु भयो ।






















