Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

कलैया (बारा) । आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री–वितरणलाई नियन्त्रण र नियमन गर्न बनेका कानुनी प्रावधानबारे जानकारी गराउने उद्देश्यले कलैयामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य कार्यालय बारा, कलैयाको आयोजनामा करणराज होटलमा सम्पन्न कार्यक्रममा आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरू बिक्री–वितरण नियन्त्रण ऐन २०४५ र नियमावली २०५१ को प्रभावकारी कार्यान्वयन, आमाको दूधको महत्व तथा शिशु पोषण र बालस्वास्थ्यमा यसको भूमिकामाथि छलफल गरिएको थियो।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाराका सूचना अधिकारी भागिरथ चौधरीले आगामी आर्थिक वर्ष २०८२/०८३ लाई लक्षित गर्दै ऐन–नियमावली कार्यान्वयनलाई थप सशक्त बनाइने जानकारी दिए। उनले यसका लागि सबै सरोकारवाला निकायबीच समन्वय र प्रतिबद्धता आवश्यक रहेको बताए।

सहजीकरणकर्ता रवि कुमार भास्करले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको अवैध प्रचार–प्रसार, बिक्री र वितरण रोक्न ऐनले गरेको व्यवस्था र सम्बन्धित निकायको दायित्वबारे सहभागीलाई जानकारी गराए। आमाको दूध नै शिशुका लागि सुरक्षित, प्राकृतिक र पूर्ण पोषणयुक्त आहार भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सामूहिक प्रयास आवश्यक रहेको उनले बताए।

स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले यस्ता कार्यक्रमले कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउनुका साथै आमाको दूध प्रवर्द्धन अभियानलाई थप बल पुग्ने विश्वास व्यक्त गरे। उनले बजारमा खुलेआम बिक्री भइरहेका पकेट दूधजस्ता वस्तु निरुत्साहित गर्न स्थानीय सरकारको सक्रिय भूमिका अपरिहार्य रहेको धारणा राखे।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पास्वानले आमाको दूध छोडेर पकेट दूध प्रयोग गर्ने बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यसविरुद्ध जनचेतना अभिवृद्धिका लागि सञ्चार माध्यम र तीनै तहका सरकारको सक्रियता आवश्यक रहेको बताए।

कार्यक्रममा स्वास्थ्यकर्मी, निजी स्वास्थ्य संस्थाका सञ्चालक, सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

पुर्वाधार बिकास कार्यालय बाराद्वारा आवास बजेटमा ठूलो चलखेल

पुर्वाधार बिकास कार्यालय बाराद्वारा आवास बजेटमा ठूलो चलखेल

ताजा समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology