सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार आयोजना गरिएको उक्त कार्यक्रमबाट ज्येष्ठ नागरिकहरूलाई चिसोबाट राहत मिल्ने विश्वास लिइएको छ।
कार्यक्रम ट्रस्टका अध्यक्ष श्री अजय कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष देवन्ती साह, सचिव सन्जय साह, सदस्यहरू सिमा साह, रन्जिता साह, हिना साह, आरजु साह तथा डा. ज्योति साहलगायतको उल्लेखनीय उपस्थिति र सक्रिय सहयोग रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष साहले ट्रस्ट समाजसेवामा सदैव प्रतिबद्ध रहेको बताउँदै भविष्यमा पनि यस्ता जनकल्याणमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो। सहभागीहरूले यस पहलले समाजमा आपसी माया, सहयोग र जिम्मेवारीको भावना झल्काएको धारणा व्यक्त गरेका थिए।
उक्त कार्यक्रमले ज्येष्ठ नागरिकहरूलाई मात्र नभई सम्पूर्ण समुदायलाई सामाजिक सेवाप्रति प्रेरित गरेको आयोजक पक्षको भनाइ छ।
“सेवा नै धर्म हो — समाजको लागि, मानवताको लागि” भन्ने मूल मन्त्रका साथ ट्रस्टले आगामी दिनहरूमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ।





© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology
© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology