कलैया । बाराको कोल्हबी–१ स्थित श्री जितिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ७औँ वार्षिक साधारणसभा शनिबार थारु सेवा सदन, कोल्हबीमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष भुवन प्रसाद चौधरीको सभापतित्व तथा जेष्ठ नागरिक त्रियोगी प्रसाद चौधरीको प्रमुख आतिथ्य रहेको थियो। सभामा शेयर सदस्य, बचतकर्ता र ऋणी सदस्यहरूको उल्लेख्य उपस्थिति थियो।
आर्थिक वर्ष ०८१/८२ मा सहकारीको कुल कारोबार २ करोड २८ हजार ८ सय १० रुपैयाँ १० पैसा पुगेको जानकारी लेखा संयोजक कृष्ण प्रसाद चौधरीले दिनुभयो।
साधारणसभाबाट आगामी तीन वर्षका लागि ललितनारायण चौधरीको अध्यक्षतामा नयाँ नौ सदस्यीय सञ्चालक समिति चयन गरिएको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा जगदेव चौधरी, सचिवमा धिरेन्द्र पनुहर तथा कोषाध्यक्षमा सुनीता चौधरी चयन हुनु भएको छ। सदस्यहरूमा मदन चौधरी, प्रेम कुमारी चौधरी, खुशी चौधरी, रामबाबू चौधरी र चिन्ता चौधरी रहनु भएको छ।
कार्यक्रमको सञ्चालन रामनाथ चौधरीले गर्नु भएको थियो।






















