कलैया । बारा जिल्लाको कलैया उपमहानगरपालिका ४ का पूर्व वडा अध्यक्ष मिश्रलाल सहनीका छोरा ओमप्रकाश सहनीमाथि अज्ञात समूहले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको छ।
शनिबार बेलुकी मोटरसाइकलमा आएका अज्ञात युवाहरूको समूहले सहनीमाथि अचानक सांघातिक हमला गरेको पारिवारिक स्रोतले जनाएको छ। आक्रमणपछि चक्कु प्रहार गर्नेहरू मोटरसाइकलमै फरार भएका छन्।
घाइते सहनीको हाल प्रादेशिक अस्पताल, कलैयामा उपचार भइरहेको छ। घटनाबारे जानकारी दिँदै घाइतेका बुवा मिश्रलाल सहनीले आक्रमणकारीहरू कलैया उपमहानगरपालिका–१३ बैराठपुर क्षेत्रतर्फबाट आएको हुन सक्ने बताए।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार घटनामा संलग्न समूहको खोजी कार्य तीव्र रूपमा जारी रहेको छ।






















