कलैया । फेटा गाउँपालिकाले स्वास्थ्य शाखासँगको सहकार्यमा सर्वसाधारणका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
शिविरमा ज्येष्ठ नागरिकका लागि विशेषज्ञ परामर्श, नाक–कान–घाँटी तथा आँखा जाँच, स्त्री रोग र प्रसूति सेवा, बाल रोग विशेषज्ञ सेवा, ल्याब परीक्षण (सुगर, Lipid Profile, PFT, पिसाब जाँच) र LECG / USG सेवा प्रदान गरिने छ।
सहयोगीको रूपमा वीरगंजस्थित सदेव क्लिनिक (प्रतिमा चौक) सहभागी रहेको यस शिविर २०८२/०५र११ गते शुक्रबार बिहान ८ बजे फेटा स्वास्थ्य चौकी, बारा मा सञ्चालन हुने जनाइएको छ।






















