रौतहट । भोजपुरी गायक यादव अजय र गायिका शिल्पी राजको नयाँ गीत “बाबड़ी जब झार लेवे ल” सोमबार सार्वजनिक भएको छ।
गीतको शब्द रचना उमेश राजले गरेका हुन् भने, निर्माण चन्दन यादव र निर्देशन नविन नेपालीले गरेका छन्।
गीतको विमोचन समारोह चपुर, एन प्लाजा होटलमा सम्पन्न भएको थियो। कार्यक्रममा मुख्य अतिथि निभा यादव थिइन्। भिडियोमा निभा यादव, यादव अजयसहित अन्य कलाकारको अभिनय देख्न सकिन्छ। कार्यक्रममा मधेशका चर्चित कलाकारहरू दिव्या सिग्देल, रेबिका नेपाली, रौनक नविन, दीपेश शर्मा लगायतको उपस्थिती रहेको थियो।
समारोहको सञ्चालन पत्रकार नूर आलम बादशाहले गरेका थिए। गीत “लॉजिक म्यूजिक वर्ल्ड” युट्युब चैनल मार्फत हेर्न सकिन्छ।






















