कलैया । बारा जिल्लाको कचोर्वा निवासी तथा हाल कोल्हबी नगरपालिका–१ मा बसोबास गर्दै आएका कुख्यात मिटरब्याजी तथा मिटरब्याजी साहुहरूको अध्यक्ष जैसिलाल शाहलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विभिन्न पीडितहरूले दिएको जाहेरीका आधारमा शाहलाई नियन्त्रणमा लिइएको हो। पीडितहरूको भनाइअनुसार शाहले अत्यधिक ब्याज असुली गर्दै उनीहरूको जग्गा तथा सम्पत्ति हडपेको गम्भीर आरोप छ।
प्रहरीले जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। हाल घटनासँग सम्बन्धित प्रमाण संकलन तथा पीडितहरूको बयान लिने कार्य जारी छ।
मिटरब्याजी गतिविधिविरुद्ध कडाइका साथ अनुसन्धान गर्ने र दोषी प्रमाणित भए कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बाराले स्पष्ट पारेको छ।






















