कलैया । बाराको परवानीपुर गाउँपालिका–०४ स्थित स्वास्थ्य चौकी नजिक उत्तर–दक्षिण बग्ने सेकेन्ड्री नहरको कल्भर्टमुनि एक जना पुरुषको शव पानीमा डुबेको अवस्थामा फेला परेको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय परवानीपुर र जिल्ला प्रहरी कार्यालय बाराको टोली प्रहरी उपरीक्षक नरेन्द्र कुवरको नेतृत्वमा घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकले कालो पाइन्ट र पहेँलो कुर्ताजस्तो सर्ट लगाएको, उचाइ करिब ५ फिट ६ इन्च रहेको र नाम अजय यादव भएको खुलेको छ। यद्यपि उनको स्थायी ठेगाना भने अझै यकिन हुन सकेको छैन।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिएका छन्।






















