बारा । नेपाली कांग्रेस बारा क्षेत्र नं. ३ ले आगामी निर्वाचनका लागि प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभा तर्फका उम्मेदवारको सिफारिस सूची सार्वजनिक गरेको छ । पार्टी जिल्ला कार्यसमितिबाट पारित सिफारिस अनुसार विभिन्न तह–तप्काका नेताहरूको नाम केन्द्रतर्फ पठाइएको छ ।
प्रत्यक्ष तर्फ (प्रतिनिधि सभा – क्षेत्र नं. ३)
नेपाली कांग्रेसले बारा ३ बाट प्रतिनिधि सभा सदस्यका लागि तल उल्लेखित ९ जनाको नाम सिफारिस गरेको छ–
फर्मुल्लाह मंसुर
मनोज भट्ट
भोजराज भट्टराई
बंजरगी साह
जंगबहादुर चौरसिया
प्रकाश रिजाल
शेरबहादुर देउवा
प्रवेज अंसारी
रबिकिरण साह
समानुपातिक तर्फ
पार्टीले समानुपातिक तर्फका लागि १० जनाको नाम सिफारिस गरेको छ–
राजेन्द्र जैसवाल
प्रियाँका दास
जयचन्द्र चौरसिया
सुमिन्त्रा चौधरी
कलावती पासवान
महमद अतिरहुमान
अख्तर मंसुर
रिता रिजाल
दिव्यनाथ श्रेष्ठ
राष्ट्रिय सभा तर्फ
आगामी राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस बारा–३ बाट सिफारिस भएका नाम–
राजेन्द्र यादव
अम्बिका यादव
लक्ष्मी भगत
पदमदेबी कुर्मी
नेताहरूबीच प्रतिस्पर्धा तीव्र
बारा–३ नेपाली कांग्रेसभित्र आगामी निर्वाचनका लागि प्रतिस्पर्धा बढ्दै गएको छ । प्रत्यक्ष तर्फबाट अनुभवी, युवा तथा समुदायका प्रतिनिधित्व गर्ने व्यक्तिहरूको समावेशी सूचीले पार्टीभित्र उत्साह बढाएको स्थानीय नेताहरूले बताएका छन् । अन्तिम निर्णय भने केन्द्रिय समिति र संसदीय बोर्डले गर्नेछ ।






















