Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

करैयामाई ८ बेलाहीमा प्रथम वडा गोल्डकप मंसिर ४ गतेबाट सुरु हुने

करैयामाई ८ बेलाहीमा प्रथम वडा गोल्डकप मंसिर ४ गतेबाट सुरु हुने

दुष्यन्त चौधरी, कलैया । बाराको करैयामाई गाउँपालिका–८, बेलाहीमा आयोजित ‘प्रथम वडा गोल्डकप–२०८२’ आगामी मंसिर ४ गतेदेखि सुरु हुने भएको छ । स्थानीय युवाहरूको प्रतिभा विकास, अनुशासन, नेतृत्व क्षमता तथा खेलकुदप्रतिको सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यका साथ गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । बेलाही खेलकुद मैदानमा आयोजना हुने सो प्रतियोगितामा यस वर्ष जम्मा ८ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । ती क्लबहरूमा बारा युनाइटेड फतेपुर, एसजेएवाइसी सीहसनी, समृद्ध नेपाल क्लब जुअवा, फ्रेन्डस युवा क्लब भगवानिपुर, बारा–११, युनिक स्टार युवा क्लब मधुवन, आयोजक टिम करैयामाई–८ तथा नितान्ता अफ नितनपुर रहेका छन् । प्रतिस्पर्धात्मक खेलमार्फत स्थानीयस्तरमै उत्कृष्ट खेलाडी छनोट, क्लबहरूको आपसी समन्वय तथा खेलक्षेत्रमा नयाँ अनुहारहरू अघि ल्याउने विश्वास आयोजकले व्यक्त गरेको छ ।

प्रतियोगिता उद्घाटनका क्रममा स्थानीय प्रतिनिधिहरू, खेलकुद प्रेमी, समाजसेवी, समुदायका अगुवा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको महत्वपूर्ण उपस्थिति रहनेछ । उद्घाटन समारोहलाई भव्य बनाउन रंगीन परिचालन, दर्शक व्यवस्थापन, सुरक्षा तथा मैदानको तयारीसहित सम्पूर्ण व्यवस्थापन सजग रूपमा पूरा गरिएको आयोजकले जनाएको छ । यस वर्षको गोल्डकपमा गाउँपालिका कर्मचारी र स्थानीय समितिरसमाजसेवीबीच मैत्रीपूर्ण खेल पनि हुनेछ, जसले कार्यक्रमलाई थप रोचक बनाउने बताइएको छ ।

आठ टिमबीच समूहगत प्रतिस्पर्धा हुँदै फाइनल खेल २०८२ मंसिर ११ गतेका लागि निर्धारण गरिएको छ । फाइनल खेल आकर्षक समारोहसहित सम्पन्न गरिने तथा त्यसका लागि विशेष प्रस्तुति, सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको तयारी भइरहेको छ । पुरस्कार राशिमा पनि आकर्षक रकम राखिएको छ । विजेता टिमले जनही ४० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछ । खेलकुदमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले पुरस्कारमा ट्रफी, प्रमाणपत्र तथा अन्य प्रेरणादायी सामग्री समावेश गरिएको आयोजकले बताएको छ ।

बेलाही क्षेत्रमा पहिलो पटक यस स्तरको गोल्डकप आयोजना हुन लागेकोले स्थानीयवासीमा उत्साह उल्लेखनीय देखिएको छ । खेल पर्यटनलाई प्रवर्द्धन, स्थानीय बजारमा चहलपहल बढाउने तथा समाजमा आपसी सद्भाव र एकताको सन्देश फैलाउने विश्वास समेत आयोजक समिति र स्थानीयवासीहरूले व्यक्त गरेका छन् । खेलप्रेमीहरूलाई दैनिक खेल हेर्न मैदानमा उपस्थित भई खेलाडीहरूको उत्साहवर्धन गर्न आयोजकले आग्रह गर्दै खेलकुदलाई गाउँको पहिचानका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

आयोजकका अनुसार प्रतियोगिता शान्त, अनुशासित तथा उत्साहजनक ढंगले सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology