कलैया । थारु चलचित्र तूरुपको दु का मा मुख्य भुमिका बाराको अजय कुमार (चौधरी) ले खेल्ने भएको छ ।
हिजो शनिवार चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ८ रहेको चित्रसारी मन्दिरमा सो चलचित्रको शुभमूहुर्तसगैं निर्माणका लागि घोषणा भएको हो ।
साठी लाख लगानीमा बन्न लागेको सो चलचित्रमा बाराली प्रोडक्शनले आफ्नो युट्युब च्यानेलमा ल्याउने भएको छ । चलचित्रमा दाजुको भुमिका अजय कुमार चौधरीले गर्ने भएका छन् । भने उनको भाइ बनेर चितवनका थारु मोडेल देव महतोको अभिनय गर्ने जनाएको छ ।
बारा जिल्लाका थारु कलाकार शशी चौधरी, प्रमानन्द चौधरी, उमाकान्त चौधरी, श्री चौधरीको अभिनय पनि सो चलचित्रमा हेर्न पाइने भएको छ ।
पर्यटकीय नगरी चितवन र मकवानपुर जिल्ला भित्र रहेका सौन्दर्य स्थलमा छायाङ्कन गरिने उक्त चलचित्रका लागि चर्चित महिला कलाकार स्वस्तिका चौधरी र बिकिस्मा चौधरी, रोजिना चौधरी सहितको कलाकारहरुलाई समेटिएको निर्देशक हिरा चौधरीले बताए । निर्देशक चौधरीको अनुसार सो चलचित्रको छायाङ्कन पुरा गर्न करिब ३५ दिन लगातार मेहनत गर्नु पर्ने दैनिकी योजना रहेका छन् ।






















