मुम्बई । दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधनको खबर भारतीय सञ्चारमाध्यममा आइरहँदा उनकी छोरी इशा देओलले भने यसको खण्डन गरेकी छन् ।
उनले परिवारको गोपनियता कायम राखिदिन तथा हल्लामा विश्वास नगर्न आग्रह गरेकी छन् । इन्स्टाग्राम स्टोरीमार्फत इशाले आफ्नो बुवा स्थिर र सुधार भैरहेको भएको बताएकी छन् ।
उनले बुवालाई चाँडो निको हुनको लागि प्रार्थना गर्न आग्रह गरेकी छन् ।
यद्यपि, इन्डिया टुडे, हिन्दुस्तान टाइम्स लगायतका प्रसिद्ध भारतीय संचारमाध्यमले मंगलबार बिहानैदेखि धर्मेन्द्रको निधन भएको समाचार लेखेका छन् ।






















