कलैया । पर्सा जिल्लाको पकडियामा कार्तिक १९ गते बुधबार साझ ७ बजे देखि दोस्रो आमो देवी मेला लाग्ने भएको छ ।
पर्सागढी नगरपालिका वडा नम्बर ३ पकडियाको सो मेलामा स्थानिय देखि राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने खबर प्राप्त भएको छ ।
स्थानिय रेड रोज युवा क्लबको आयोजनामा गरिने मेलामा कलाकार सगुन चौधरी, महिमा चौधरी, शशी चौधरी, वर्षा चौधरी, मौसम चौधरी, अस्वीन चौधरी, राज चौधरी, करिना चौधरी, हशिन्द्र चौधरी, सानिया चौधरी, प्रमानन्द चौधरी लगायतले नृत्य प्रस्तुत गर्ने छन् ।
त्यस्तै उक्त कार्यक्रममा गायक आर्या चौधरीले आफ्नो स्वरमा गाएका गीतहरु दर्शक माझ पस्किने कुराको जानकारी स्थानीय रामप्रीत चौधरीले चेरवन्त खबरलाई जानकारी दिनु भयो ।






















