कलैया। बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ चिउटाहाका सामाजिक अभियन्ता प्रदीप कुशवाहालाई इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई वार्ताका नाम गर्नलाई बोलाएर पक्राउ हो ।
गाउँपालिकामा भएको आगजनी घटनाको छानबिनका लागि कुशवाहालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यसअघि कुशवाहासहितका युवाहरूले गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।
स्थाजियहरुले गाउँपालिका अध्यक्षको दबाबमा कुशवाहलाई पक्राउ गरिएको भन्दै तीव्र विरोध जनाएका छन् । उनीहरूले कुशवाहाको अविलम्ब बिना सर्त छाड्न माग गरेका छन् । शान्ति रुपले रिहाई नभए आन्दोलन चर्काउने चेतावनी पनि दिएका छन् ।






















