कलैया । बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष निरज कुमार साहको निधन भएको छ ।
कात्तिक १४ गते शुक्रबारको दिन बिहान १ बजे बिरगंज स्थित नेश्नल मेडिकल हस्पिटलमा साहको निधन भएको हो ।
लामो समय देखि बोन क्यान्सर रोगले ग्रसित रहेको उपचारको क्रममा निधन भएको ने.बि. संघ काठमाडौं –बारा जिल्ला सम्पर्क समिति ,ने.बि. संघ सम्पर्क समिती काठमाडौंका सभापति रोशन गुप्ताले चेरवन्त खबरलाई जानकारी दिए ।
सोही पालिकाको वडा नम्बर ६ गडहलमा साहको घर रहेको छ । उनी सो वडामा दुई कार्यकाल वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।






















