कलैया । जिल्ला प्रशासन कार्यालय बारामा आयोजना गरिएको बुधबार सरोकारवालासँगको छलफल कार्यक्रममा कर्मचारीको सहमती र हस्ताक्षर कुनै पनि नेताले भ्रष्टचार गर्न नसक्ने कुरा निवर्तमान सांसद अच्युत प्रसाद मैनालीले बताएका छन् ।
जेनजीले भदौ २३ र २४ गते गरेको प्रदर्शनमा जिल्ला भित्रका आगजनी, तोडफोडबाट पीडित भएकाहरुको सहभातिगा भएको सो कार्यक्रममा सांसद मैनालीले औंला ठड्याएर कर्मचारीमाथी आरोप लगाएका हुन् ।
उनले देशको कर्मचारी सुध्रिए मात्रै भ्रष्टचारको अन्त्य हुने कुरालाई प्रष्ट्याउदै कर्मचारीलाई सच्चिन आग्रह गरेका छन् । आमुल परिवर्तनका लागि र भ्रष्टचार नहुन दिनका लागि नेतालाई होइन की देश भरि कै कर्मचारीलाई सतर्क गराउन आवश्यक रहेको कुरामा जोड दिएका छन् ।
उक्त कार्यक्रममा जिल्ला भित्रका मुख्य सरकारी कार्यालयका प्रमुखहरु, जेनजी आन्दोलनबाट पिडित निवर्तमान तथा पुर्व सांसदहरु, पालिकाका जनप्रनिधिहरु लगायतको उपस्थिती रहेका थिए ।






















