कलैया । बारा जिल्लाकै चर्चित नेताको रूपमा मानिन थालिएका युवा नेता उमेश दुबेले मोतियाबिन्दुका कारण कसैले आफ्नो आँखा गुमाउनु नपरोस भन्दै निस्शुल्क आँखा शिविरको आयोजना गरिएको बताएका छन् ।
बुधवार फेटा गाउँपालिका वडा नम्बर ४ फुलवरीया र बतरामा आयोजित निस्शुल्क आँखा शिविरमा बोल्दै युवा नेता अर्थात फेटा गाउँपालिका अध्यक्ष पदको भावी उम्मेदवार उमेश दुबेले यस्तो बताएका छन्। साथै उहाँले बुधबारदेखि एक हप्ताको लागि निःशुल्क आँखा शिविरको आयोजना गरिएको समेत बताएका छन् ।
बिरगंज सामुदायिक आँखा केन्द्र बिरगंज पर्साको सहकार्यमा सम्पन्न पहिलो दिनको निःशुल्क आँखा शिविर कार्यक्रममा फुलवरीया टोलमा २७० जनालाई र बतरा टोलमा १०६ जनालाइ चेकजाच गरिएको डा। महेश धामीले जानकारी दिएका छन् । उहाँले चेकजाँच गरेको मध्ये ५५ जनामा मोतियाबिन्दुको संक्रमण फेला परेको बताएका छन् ।
यता जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार समेत रहेका दुबेले समाजसेवामा होमिएका स्थानीय राजु यादवको विशेष पहल र सहकार्यमा सम्पन्न भएको निशुल्क आँखा शिविर बिहिवार पनि जारी राख्ने जानकारी दिएका छन् । उहाँले बिहिवार फेटा गाउँपालिका वडा नम्बर १ भलुहीमा निःशुल्क आँखा शिविर जारी रहने र गाउँपालिकाको प्रत्येक वडा, प्रत्येक टोलमा निःशुल्क आँखा शिविर सँचालन गर्ने बताएका छन्।
यसरी युवा नेता दुबे फेटा गाउँपालिकाको जनताको हरेक सुस्ख दुःखमा साथ उभिएको देखेर निर्वाचित जनप्रतिनिधि देखि फेटा गाउँपालिकाको अन्य नेताहरु समेत दुबेको बिषयमा चर्चा गर्न थालेका छन्। भने आउँदो स्थानीय तहको निर्वाचनमा दुबेको जित सुनिश्चित हुने पक्का रहेको स्थानियहरु बताएका छन्






















