रौतहट । रौतहटमा नेकपा एमाले र आम जनता पार्टी (आजपा) बिच राजनीतिक तनाव सृजना भएको छ । एमालेले मौलापुरमा आज शुभकामना आदान–प्रदान कार्यक्रम गर्न लागेकोमा आजपाले पनि सोही स्थानमा विरोधको कार्यक्रम राखेपछि दुई पार्टी आमनेसामने भएका हुन् ।
एमालेको कार्यक्रम पूर्व निर्धारित भए पनि आजपा अध्यक्ष प्रभु साहले एमालेविरुद्ध शक्ति प्रदर्शन गर्ने घोषणा गरेपछि राजनीतिक माहोल तातेको हो ।
आजपाका कार्यकर्ताहरूले मंगलबार बैठक गरी एमालेको कार्यक्रमलाई असफल पार्ने निर्णय गरेको स्रोतले जनाएको छ। यसपछि दुबै पक्षका नेता कार्यकर्ता सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।






















