कलैया । बाराको कोल्हबी देखि खैरा र सपही देखि प्रसौना हुँदैं जीतपुर सिमरा सम्मको सडक पिचका लागि टेन्डर खुलेको बर्षौ लाग्न थालेको छ । प्रदेश सभासद त्रीलोकी प्रसाद चौधरीको पहलमा र भौतिक पुर्वाधार मन्त्रालय मधेस प्रदेशको निर्देशनमा सो सडकका लागि २०८१ माघ २४ गते नै ठेक्काका लागि पुर्वाधार बिकास कार्यालय बाराद्वारा सुचना प्रकाशित भएको थियो ।
करिब २० करोडको कार्य योजना रहेको सो टेन्डरका लागि बिभिन्न निर्माण कम्पनीले फारम भरिसकेको छ । तर आज २०८२ कार्तिक १० सम्म पनि अन्तिम टुङ्गो नलागेका कारण बाहिरबाट छठ पर्वमा गाउँ घर गएका जनताहरुले प्रसौना देखि सपही सम्मको बाटोमा पिच कहिले बन्ला भन्ने कुराको गुनासो गरेका छन् ।
चुनावमा काम छोडेर बाटो खर्च समेतको पर्वाह नगरी केही परिवर्तनका लागि भोट दिन आएका थियौं । पर्व तिहारमा पुःन घर आएका छौं र किनमेलका लागि कोल्हबी बजार निस्किंदा प्रसौना देखि सपही सम्मको बाटोको अवस्था देखेर दुखित छौं भनेर एक ब्याक्तिले चेरवन्त खबरलाई सुनाए ।
समाजिक संजाल फेसबुकको रुटिन अफ नेपाल बन्द लगायत बिभिन्न माध्यमबाट तथा युवाहरुले कलैयाको तिन किलो मिटर सडकका लागि हस्ताक्षर अभियान चलाएर केन्द्र, प्रदेश र स्थानिय सरकारलाई ध्यानाकर्षण गराए जस्तै कोल्हबीका युवाहरुले स्थानिय बिकासका लागि सकृय भुमिका खेल्नु पर्ने आवश्यक रहेको सो बाटो भएर आवत जावत गरिरहेका आगन्तुकहरुको कथन रहेको छ ।






















