काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका सबै बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।
पदभार ग्रहण गर्दै खेलकुद मन्त्री गुप्ताले सबै बैठक लाइभ गर्ने निर्देशनात्मक निर्णय गरेका हुन् ।
अन्त्यमा मन्त्री गुप्ताले ‘कुरा भन्दा पनि कामलाई महत्व दिन्छौं । गफ मात्रै गरेर भएन, मलाई गफाडी बन्नु छैन” लगायतका छोटो प्रतिकृया दिए ।






















