कलैया । बारा जिल्लाको कोल्हबी नगरपालिका अन्तर्गत पर्ने प्रसौना देखि सपही जाने सडक खण्डमा स्थानिय नेताहरुले वास्ता नगर्दा जनताहरुले सास्ती भोग्नु परेको छ । युगौ परिवर्तन भए पनि स्थानिय तह देखि केन्द्र सम्म त्यहाँका जनप्रतिनिधि र नेता फेरिए तर कोही कसैले सो सडकमा ध्यान नदिंदा त्यहाँका जनताले सास्ती खेप्नु पर्ने अवस्था सिर्जना भएको हो ।
प्रसौना देखि कोल्हबी ८ नयाँ बस्ती सम्म, प्रसौना देखि करैयामाई ७ को पिपरा बजार जाने बाटो र प्रसौना देखि ककडी जाने सडकमा पिच भइसकेको छ तर प्रसौना बजार देखि सपही सम्मको बाटोमा अहिले सम्म पनि खाल्डा खुल्डी मात्रै रहेको सो क्षेत्रको कुरुपताले भ्रष्टचारमा लिप्त भएका त्यहाँका नेताहरुलाई गिज्याएको छ ।
कोल्हबी नगरपालिकाका पुर्र्व नगर प्रमुख भरत बहादुर भण्डारीको पालामा निर्माण भएको उक्त पिचहरु लगायत सपही देखि जुअवा सम्मको बाटो, सपही देखि प्रगतीनगर हुँदै बगेवा सम्म, कोल्हबी बजार देखि खैरा, कोल्हबी बजार देखि सपही जोड्ने बाटो र अधनवा बजार देखि धोधर्पा सममको बाटो पिच गरिएको छ ।
त्यस्तै भण्डारी कै पालामा स्थानिय, प्रदेश र केन्द्रबाट आएको बजेटले तामागढी देखि सिम्रौनगढ, सपही देखि पथरा हुँदै दौरवा सम्मको सडक, बेलवा देखि धोधर्पा र बछनपुर्वा सममको बाटोमा पिच र सो पालिका अन्तर्गत रहेका गाउँ गाउँ भित्रको बाटोमा ढलान संगै नाला निर्माण गरिएको छ ।
तर हालका नगर प्रमुख राम प्रसाद चौधरीले कार्यभार सम्हाले देखि रामपुर्वा देखि कोल्हबी–पडरी जोड्ने रोड सम्म, श्रीपुर देखि मुसहर्ना सम्मको पिच संगै पुरानो पिच कोल्हबी देखि सपही र कोल्हबी देखि खैरा सम्मको पिच मर्मत गर्न मै कार्यकाल बित्ला भन्ने कुरा जनतालाई महशुस हुन थालेका छन् ।
पुर्व नगर प्रमुख भण्डारीको पालामा कोरोना संकटको सामना गर्नु परे पनि सम्पुर्ण वडा कार्यालयलाई १ करोड भन्दा बढि बजेट पठाइन्थ्यो तर हालका मेयर चौधरीको पालामा पचास लाख देखि एक करोड सम्म मात्रै पठाइन्छ । हरेक आर्थिक बर्ष करिब पचास करोड वा सो भन्दा पनि बढि पनि बजेट आउँछ तर त्यो बजेट आखिर बजेट जान्छ कहाँ ? त्यही कुराहरुले गर्दा प्रसौना देखि सपही सडक खण्डको पिच बन्ला भन्ने बिस्वास जनताको मन देखि हट्दै गएको देखिन्छ ।
नगर प्रमुख चौधरीले आफ्नो पद सम्हाले देखि महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार आफु निकटको संस्थालाई शिर्षक परिवर्तन गरी गरी बजेट दिएर अनियमितता गरेको पाइएको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेलले चालिस प्रतिशत सम्म पनि कमिशन लिएर योजना बेचेको र संघ संस्थालाई कार्यआदेश दिएको आरोप रहेको छ ।
प्रसौना देखि सपही सडक खण्डको पिचका लागि एक स्रोतका अनुसार मधेस प्रदेश सभासद त्रिलोकी प्रसाद चौधरीले पहल गरेर पन्ध्र करोड भन्दा बढि बजेट छुट्याएको छ । ठेक्काका लागि सुचना प्रकाशित भएर केही निर्माण कम्पनीले फारम भरे पनि मधेस सरकार उथल पुथलका कारण सो ठेक्का कस्लाई जिम्मा हो अन्तिम निर्णय सार्र्वजनिक भएको छैन ।






















