कलैया । बारा जिल्लाको करैयामाई वडा नम्बर ७ पिपरामा छठ पर्वको अवसरमा १० गते सोमबारको दिन राती ८ बजे देखि कन्सर्ट कार्यक्रमको आयोजना गरिने भएको छ ।
छठ्ठीमाई पुजा व्यवस्थापन समिति पिपराले आयोजना गरेको सो कार्यक्रममा संयोजक पर्सा जिल्लाको बिरगंजमा संचालित रहेको शान्ति पोली क्लिनिक रहेको छ ।
हाम्रो संस्कृती, हाम्रो पहिचान मुल उदेश्य रहेको सो कार्यक्रममा बाराली प्रोडक्शनको सहयोग रहने आयोजकले बताएको छ । जसमा राष्ट्रिय कलाकार बिर चौधरी, हिरा चौधरी, अजय कुमार, स्वस्तीका चौधरी र राजिव चौधरीको प्रस्तुती रहने छ ।
त्यस्तै आर्या चौधरी, सशी चौधरी, सगुन चौधरी, अस्वीन चौधरी, सानिया चौधरी, राज चौधरी, राम चौधरी, करिना चौधरी, हरिश चौधरी, राजन कुमार, हसेन्द्र चौधरी, बर्षा चौधरी, राजन चौधरी, बिनय राय थारु र सुनिल चौधरी लगायतको स्थानिय कलाकारको नृत्य र गायन हेर्न र सुन्न पाइने आयोजकले जानकारी दिएको छ ।
उक्त कार्यक्रमको उद्घोषकको रुपमा जितेन्द्र कुमार चौधरी बिनिता चौधरीलाई आमन्त्रित गरिएको छ ।






















