Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

हमासको कब्जामा रहेका सूचीमा विपिन जोशीसहित २२ बन्धकहरू जीवितै

हमासको कब्जामा रहेका सूचीमा विपिन जोशीसहित २२ बन्धकहरू जीवितै

एजेन्सी । हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्धकहरू जीवितै रहेको इजरायलले विश्वास गरेको छ ।

वासिङ्गटन पोस्टले समाचार संस्था एपीको सहयोगमा प्रकाशित गरेको एक समाचारमा विपिनसहित २२ बन्दीहरू जीवितै रहेको विश्वास इजरायलको रहेको उल्लेख गरेको छ । समाचारमा २२ जना बन्दीहरूको संक्षिप्त परिचय पनि उल्लेख गरिएको छ ।

इजरायलको तेल अभिभबाट एपीका रिपोर्टर रहेका मेलानी लिडम्यानले अर्का पत्रकार स्याम मेट्जको सहयोगमा तयार पारेको समाचारमा २४ वर्षीय नेपाली विपिन पनि जीवितै रहेको इजरायली विश्वासका केही आधारहरूलाई प्रस्तुत गरिएको छ ।

यसअघि हमासले सार्वजनिक गरेको बन्दीहरूको बिदाइ सूचीमा पनि विपिनको तस्वीर समावेश गरिएको थियो । गत विहीबार इजरायल र हमासबीच युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना जीवित युद्धबन्दीको नामावलीमा भने विपिन जोशीको नाम छैन ।

गाजामा पछिल्लो युद्धविराम शुक्रबारदेखि सुरु भएको छ । यो युद्धविरामले करिब दुई वर्ष लामो विनाशकारी युद्धको अन्त्यतर्फ महत्त्वपूर्ण कदम चाल्यो। यो युद्ध हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको थियो, जसमा करिब १,२०० जनाको मारिएका थिए भने २५१ जनाको अपहरण भएको थियो।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले गरेको आक्रमणमा परी ६७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। मन्त्रालयले मारिनेमध्ये आधा महिला र बालबालिका रहेको उल्लेख गरेको छ ।

करिब २० लाख जनसंख्या भएको गाजामा ९० प्रतिशत भन्दा बढी मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघ र स्वतन्त्र विशेषज्ञहरूले पनि यस मन्त्रालयका तथ्याङ्कलाई गाजामा युद्धका वास्तविक क्षतिको सबैभन्दा भरपर्दो अनुमान मान्छन्।

हाल गाजामा ४८ जना बन्धकहरू छन्, जसमा अघिल्लो युद्धमा मारिएका एक सैनिकको शव पनि समावेश छ। इजरायलले कम्तीमा २५ जना बन्धकहरू ७ अक्टोबर २०२३ मा मारिएको वा बन्दी अवस्थामा मृत्यु भएको पत्ता लगाएको छ।

बाँकी करिब २० जनामध्ये कति जीवित छन् र फर्कनेछन् भन्ने स्पष्ट छैन। इजरायलले प्राप्त गरेको सूचना अनुसार, बाँकीमध्ये एक महिला बन्धक बन्दी अवस्थामा मारिएकी छन्।

शुक्रबार युद्धविराम सुरु भएपछि बाँकी बन्धकहरूलाई ७२ घण्टाभित्र फिर्ता गरिने अपेक्षा गरिएको छ। यसको बदलामा इजरायलले करिब २,००० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ।

युद्धविराम सहमति अनुसार सोमबार स्थानीय समयअनुसार दिउँसो १२ बजेभित्र ९नेपाली समय अपराह्न २स्४५ सम्म० विपिन लगायत ४८ जनालाई रिहा गरिसक्नुपर्ने उल्लेख छ । यद्यपि हमासले भने उक्त अवधिमा सबै बन्धकहरूलाई हस्तान्तरण गर्न नसकिने भन्दै थप समय मागेको छ ।

हमासले अहिलेसम्म जीवित बन्दीहरूको नामावली दिइसकेको छैन । केही दिन अघि विपिन अपहरणमा परेपछि हमासको कब्जामा रहेको अवस्थाको उनको पुरानो भिडियो सार्वजनिक भएको थियो ।
आज विपिन अपहरण परेको ३३७ दिन पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

करैयामाईको तेतरियामा बिना समन्वय मेला हुँदै, विद्यार्थीको परीक्षामा असर पर्ने चिन्ता

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology