उदयपुर । उदयपुरको बेलका नगरपालिका–२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलकी एक छात्रा विद्यालयमै बलात्कृत भएकी छन् । १४ वर्षीया छात्रामाथि जबरजस्ती करणीको आरोपमा प्रहरीले बलात्कार आरोपमा प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, ४७ वर्षीय प्रधानाध्यापक युवराज श्रेष्ठले भदौ १४ गते बिहान करिब १०४५ बजे आफ्नै कार्यालय कोठामा छात्रामाथि बलात्कार गरेको भन्दै पीडितकी भाउजुले भदौ १५ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लिखित उजुरी दिएकी थिइन्।
उजुरी दर्ता भएलगत्तै श्रेष्ठलाई पक्राउ गरी रामपुरठोक्सिला प्रहरी कार्यालयमा राखिएको छ। उनीमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।






















