कलैया । बारा जिल्लाको थारु कलाकार शशी चौधरीको गरासिसे गीतको म्युजिक भिडियो युट्युबमा आउने भएको छ ।
चाडै नै प्रदर्शनको तयारीमा रहेको सो गीतको मुख्य कलाकारको रुपमा रहेको चौधरी घर करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपरामा रहेको छ ।
उक्त गीतको भिडियोमा थारु इडस्ट्रीका चिरपरिचित महिला कलाकार श्रीष्टी दहितले साथ दिएकी छिन् । भने सह-कलाकारमा राज चौधरी र बिनय राय थारुको अभिनय रहेको निर्देशक अस्बीन चौधरीले चेरवन्त खबरलाई जानकारी दिए ।
नरेश नशैलाको शब्द र संगीत रहेको सो गीत गायक ईश्वर चौधरी र गायिका शिल्पीराजले आफ्नो सुमधुर स्वर दिएका छन् । भने सो गीतको भिडियो छायांकन अजय चौधरी र प्रेम चौधरीले गरेका छन् ।
जि.आई. युट्युब च्यानेलमा प्रदर्शन गरिने सो गीतको भैडियो मिक्सिङ्ग एपी कृयशनले गरेका छन् । निर्माता निकेश चौधरीका अनुसार कलाकारको श्रिङ्गार कोल्हबीका सिमा चौधरीले गरेकी छिन् ।






















