काठमाडौं । संखुवासभामा गएराती भूकम्प गएको छ।
मघान केन्द्रबिन्दु बनाएर राती ११ बजेर १५ मिनेटमा ४.४ म्यग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ।
संखुवासभासहित आसपासका क्षेत्रमा समेत परकम्प महसुस गरिएको थियो। हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन।






















