वीरगन्ज । राष्ट्रिय थारु कलाकार मंच बाराका उपाध्यक्ष राजन कुमारले “प्यारी बहिनिया” गीतका सम्पूर्ण कलाकारलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेका छन् ।
बाराली प्रोडक्सनद्वारा पहिलो गीति एल्बम एवम् थारु भाषाको पहिलो रक्षाबन्धनको गीत तथा भिडियो प्रस्तुत गरिएकोले सो गीतको कलाकारहरूलाई सम्मान गरेका हुन् ।
उक्त सम्मान कार्यक्रमको सभापतित्व राजन कुमारले गरेका थिए भने प्रमुख अतिथिमा नेपाल तरुण दलका केन्द्रिय कार्यसमितिका सदस्य बिजय चौधरीलाई निम्त्याएको थियो ।
त्यस्तै बिशिस्ट अतिथिको रुपमा थारु पत्रकार संघ नेपालको पुर्व केन्द्रिय सदस्य नवीन चौधरी, बाराली प्रोडक्सनका अध्यक्ष तथा प्यारी बहिनिया गीतका मुख्य कलाकार अजय कुमार, बर्षा चौधरी, राम प्रीत चौधरी, करिश्मा चौधरी, श्री चौधरी, गायिका मौसम चौधरी, निर्देशक सावन शर्मा, भिडियोग्राफर राज गुप्ता लगायतका ब्याक्तित्वहरुको उपस्थित रहेको थियो ।
मन्तव्यको क्रममा कलाकार तथा निर्माता अजय कुमारले बाराली प्रोडक्सनको दोस्रो प्रस्तुतिमा राष्ट्रिय तथा ख्याती प्राप्त चर्चित गायिका अन्जु पन्तको स्वर रहेको थारु भाषाको गीत सहितको भिडियो लिएर आइरहेको जानकारी दिनु भयो । त्यस्तै वहाँले थारु भाषा मै छठ पर्वको गीत र भिडियो पनि लिएर आउने उदेश्य रहेको जिकिर गर्नु भयो ।
प्रमुख अतिथी रहनु भएको चौधरीले थारु कलाकारको लागि सकेसम्मको सहयोग आफ्नो ब्याक्तिगत तर्फबाट गरिने अवगत गराउदै तरुण दलको केन्द्रिय कमिटीबाट पनि सहयोगका लागि पहल गराई दिने वाचा समेत दिनु भयो ।
त्यस्तै थारु कलाकार मंच बाराका उपाध्यक्ष, उक्त सम्मान कार्यक्रमको आयोजक तथा सोही कार्यक्रमका सभापति समेत रहनु भएको राजन चौधरीले आफ्ना मन्तव्यको क्रममा बाराका सम्पुर्ण कलाकार र युट्युब च्यानेललाई एक जुट भएर अगाडि बढ्न आग्रह गर्दै त्यसका लागि तन मन र धन सहितको साथ र सहयोग दिने प्रतिबद्धता दिनु भयो ।
उक्त कार्यक्रमलाई सन्चालन थारु कलाकार प्रमानन्द चौधरीले गरेका थिए भने अतिथिहरुलाई अबिर र खादा लगाएर राजन कुमार र नवीन चौधरीले स्वागत गरेका थिए ।






















