कलैया । बारा जिल्लाको जितपुरसिमरा वडा नम्बर २१ चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हिजो मंगलबार बाघको आक्रमणबाट मकवानपुर जिल्लाको मनहरी गाउँपालिका घर भएका अन्दाजी ५० बर्षिय चन्द्रबहादुर भोलनको मृत्यु भएको हो ।
मृतक भोलन जीतपुरसिमरा उपमहानगरपालिका २१ बस्ने वीरबहादुर थिङको घरमा बाख्रा चरुवा कामदारको रुपमा काम गर्दै आएका थिए । भोलन साँझ सम्म पनि घर नफर्किएपछि आफन्त ब्याक्तिहरु सहित वडा अध्यक्ष सुबास श्रेष्ठ, ईलाका प्रहरी कार्यालय अम्लेखगंजका प्रहरी वरिष्ठ नायव निरीक्षक धनप्रसाद श्रेष्ठ लगायतको टोलीले खोजी गर्दा आज विहान साँढे ७ बजे दक्षिणकाली सामुदायिक वनको खोल्सामा भोलनको शरिर बाघले खाएको जस्तो अवस्थामा मृत अवस्थामा फेला परेको छ।
प्रहरीका अनुसार बाघको आक्रमणबाट केही बाख्रा पनि मरेको छ। मृतक भोलन अविवाहित अबिबाहित रहेका थिए । उनी लामो समयदेखि दिदीभिनाजुको घरमा बस्दै आएका थिए।






















