कलैया । बाराको सिम्रौनगढ नगरपालिकामा पुर्व प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी बिच झडप भएको छ । सो पालिकाको कार्यालय परिसरमा पूर्व प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल र प्रशासन शाखा प्रमुख भोजेन्द्र प्रसाद चौधरीबीच शुक्रबार झडप भएको हो ।
पुर्व अधिकृत जैसवालले समुह मै आएर मेरो हाजिरी काटेको भन्दै कुटपिट गरेको प्रशासन शाखा प्रमुख चौधरीको भनाइ रहेको छ । त्यस पछि जैसवालले नगर प्रमुख किशोरी प्रसाद कलवारको कार्यकक्ष नजिक पुगेर नगर प्रमुखलाई नराम्रो व्यबहार गरेको खबर प्राप्त भएको छ ।
सो घटना पछि हरिओम प्रसाद जयसवाल सँगै रहेका एक व्यक्ति छुटेर नजिकैको शिव शक्ति औषधि पसलमा लुकेका क्रममा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।






















