आर.के. चौधरी /पर्सा, २०८२ जेठ १० – “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ सुरु गरिएको तेस्रो पंचगावाँ गोल्ड कप २०८२ को उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
समारोहका प्रमुख अतिथि सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यस्वन्त यादव रहनु भएको थियो। उनले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटन समारोहको अध्यक्षता रामनाथ दासले गर्नुभएको थियो भने बिशिष्ट अतिथिमा वडा नं. २ का अध्यक्ष चिरञ्जीवी महतो थारु र प्र.अ. शिवनाथ थारु रहनुभएको थियो।
प्रतियोगिताको उद्घाटन खेल श्री बन शक्ति युवा क्लब, सिद्धपुर र श्री पर्सा राईडर बीच सम्पन्न भएको थियो। खेलमा बन शक्ति युवा क्लबले शानदार प्रदर्शन गर्दै तीन गोलको स्पष्ट अन्तरले पर्सा राईडरलाई पराजित गर्न सफल भयो।
प्रतियोगिता पंचगावाँ खेल मैदानमा आयोजित गरिएको हो, जसमा स्थानीय युवा तथा खेलप्रेमीहरूको उत्साहजनक सहभागिता देखिएको छ। यस प्रतियोगिताको आयोजन श्री न्यू मुन सन युवा स्पोर्ट्स क्लब, श्रीपुर पंचगावाँले गरेको हो भने सखुवा प्रसौनी गाउँपालिकाले सहकार्य गरेको छ।






















