कोल्हबी । बारा जिल्लाको कोल्हबीमा हावाहुरी आउँदा जङ्गलमा गुडिरहेको अटो गाडी माथी रुख ढल्दा च्यापिएर एक जना घाइते भएको छ ।
शुक्रवार बिहान ३ बजे तमागढी देखि कोल्हबी आउने क्रममा आफ्नै प्रदेश २–०३–००१ ह १२८२ नम्बरको अटोमा च्याप्पिएर एक चालक घाइते भएको हो ।
घाईते हुने ब्याक्ति कोल्हबी वडा नम्बर ३ जुगवा बस्ने सिकेन्द्र चौधरी रहेको इलाका प्रहरी कार्यालय कोल्हबीले जानकारी दिए ।
घाइते चौधरीको टाउको, छाती र हातमा चोट लागेको प्रहरीले बताए । उनको कोल्हबीको एक अस्पतालमा उपचार भइरहेको छ । अहिले उनको अवस्था सामान्य रहेको वडा नम्बर ३ का वडाध्यक्ष किसुनदयाल चौधरीले बताउनु भयो ।
हावाहुरीले जङ्गलमा बोटबिरुवा तथा रुखहरु खसेर तामागढी देखि कोल्हबीको सडक नै अवरुद्ध भएको स्थानीयहरुले जनाए ।
हावा हुरीका कारण कोल्हबीका एक जना स्थानिएको घरको छानो समेत उडाएको प्रहरीले बताए ।