महेन्द्र सहनी, कलैया । बाराको करैयमाई गाउँपालिका गाउँ कार्यपालिका कार्यालय करैयाको नवनिर्मित दोस्रो कार्यालय भवनको आज समुदघाट्न गरिएको छ।
गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवको बाहुल्यबाट वैदिक एवम् पुरोहितद्वारा मन्त्रोचारणका साथ रिबन काटेर तथा शिलालेखको पर्दा हटाई यादवले उक्त भवनको उदघाटन गर्नुभएको छ।
विगत धेरै दिनदेखि एकदमै साघुरो ठाउँमा रहेको वडा नम्बर २ को कार्यालयसंगै घरभाडा तिरेर संचालनमा रहेको भवनमा सेवा प्रवाह गर्दै आएको पञ्जिकरण शाखा, स्वास्थ शाखा,तथा पशु ईकाईको लागि भवनको अभाव भएको हुँदा आजकै मितिदेखि उदघाटन गरिएको नवनिर्मित भवनमा उक्त तीनवटै शाखा कार्यालयलाई सारेर सेवाग्राहीलाई सेवा प्रारम्भ गरिएको यादवले बताउनुभयो।
उक्त अवसरमा करैयामाई गाउँपालिकाको उपाध्यक्ष सुनैना कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र महतोको विशेष उपस्थिति रहेको थियो भने वडा नम्बर १ का वडाअध्यक्ष सोनालाल साह, २ क वडाअध्यक्ष सुरेन्द्र चौधरी, ३ का वडा अध्यक्ष पर्शुराम यादव, ६ का वडा अध्यक्ष राजकुमार चौधरी, ८ का वडा अध्यक्ष दिनेश प्रसाद चौधरी, गाउँपालिकाका सम्पूर्ण कर्मचारी लगायतका सहभागिता रहेको थियोे ।
यसै बिच करैयामाई गाउँपालिकाकै वडा नम्बर २ को नवनिर्मित वडा कार्यालयको समेत उद्घघाटन गरिएको छ भने वडा नम्बर ७ पिपरा बजारमा रहेको सामुदायिक स्वास्थ्य इकाईको पनि आजै उदघाटन गरिएको हो।