वीरगन्ज । पर्सा जिल्लाको धोबीनी गाउँपालिका वडा नम्बर ५ धोबिनीमा बुधबार दिउँसो आगलागी भएको छ । सो आगलागीमा परी स्थानिय धोबी मियाँको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
उक्त अगलागीबाट मियाँको फुसको घर लगायत घरभित्र रहेका १२ वटा बाख्रा, १२ क्विन्टल धान र विभिन्न सामग्री पनि जलेर क्षति भएका छन् ।
इलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरीक्षक ज्योतिप्रकाश कार्कीका अनुसार विद्युत सर्किट सर्ट भएर वा चुल्होबाट आगो सल्किएर आगो लागेको हुन सक्ने आशंका गरिएको छ ।
अनुसन्धान पछि आगलागीको कारण पत्ता लगाउने बताउदै क्षतिको विवरण संकलनको काम भइरहेको सुनाए ।