कलैया । बाराको सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख चढ्ने गाडी अनियन्त्रित भई दुर्घटना भएको छ । गाडी चालक एक्लै सवार रहेको सो गाडी रौतहटको देवाही गोनाही नगरपालिका–५ नारायणचोक नजिकै दुर्घटनामा परेको हो ।
सिम्रौनगढ १ बैरियाका करिब ४० वर्षीय चालक मुस्तुफा आलमले चलाइरहेको बा २ झ ४३५४ नम्बरको स्कार्पियो आज बिहान करिब ११:३० बजे चपुर देखि कटहरीया हुँदै सिम्रौनगढतर्फ गइरहेको बेला दुर्घटना भएको जानकारी प्राप्त भएको छ ।
उक्त दुर्घटनामा परेर गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने चालकको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ।
दुर्घटनापछि प्रहरी निरीक्षक अर्जुन मण्डलको कमाण्डमा घटनास्थलमा खटिएको टोलीले चालक र गाडी दुबैलाई नियन्त्रणमा लिएको छ।