Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

बारामा नदिको दोहोन, मापदण्ड भन्दा बढी उत्खनन, पानीको मुहान सुक्दो अवस्थामा

बारामा नदिको दोहोन, मापदण्ड भन्दा बढी उत्खनन, पानीको मुहान सुक्दो अवस्थामा

कलैया । जिल्लामा अवस्थित विभिन्न नदि-खोलाको दोहन उत्कर्षमा पुगेको छ। समयमै बर्खा नहुंदा पानीको मुहान सुक्दो  छ।

बकैया, दुधौरा, बालगंगा लगायतका नदि-खोलाहरुमा स्थानिय पालिकाहरुले मापदण्डभन्दा बढी मात्रामा बालुवा-गिट्टि उत्खनन् गराउदा खोला दोहन उच्च बिन्दुमा पुगेको हो।

नदि-खोला दोहनले पानीका मुहानहरु हराउन थालेका छन। जिल्लाको दक्षिणी भेगमा चापाकलहरु सुक्न थालेका छ्न। स-साना ताल-तलैया, पैनीहरुमा खडेरी परेको छ।

यता अप्राकृतिक रुपले भइरहेको नदि दोहनले गर्दा पुर्व-पश्चिम महेन्द्र राजमार्गको निजगढ स्थित बकेया पुल भासिने जोखिम बढेको छ। दसकौं पुरानो पुलको पिलरहरु भासिने अवस्थामा छन। पुलका उत्तर-दक्षिण दुबैथर्फ करिब १ किलोमिटरको दुरिमा निजगढ र कोल्ह्वी नगरपालिकाले गिट्टि-बालुवा उत्खनन् गर्ने ठेक्का लगाएपछी बिचमा रहेको पुल छेउंका डिल भासिन थालेका छ्न भने पुलका पिल्लर छेउछाउ गहिरो खाडल परेको छ।

नदि दोहनको व्यापक जनगुनासो बढेपछी जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र साहको नेतृत्वमा गएको टोलिले मापदण्डभन्दा बढी खोला उत्खनन् भएको आशंका गरिएको छ। पालिकाहरुले ठेक्का लगाएको भन्दा अत्यधिक बढी मात्रामा खोला उत्खनन् गरेको देखिएकोले त्यस्को नापजोख गर्न निर्देशन दिएको जिसस प्रमुख साहले बताएका छन।‘हामिले प्रावृधिक खटाएर नापजांच गर्नेछौं’ प्रमुख साहले भने- ‘ मापदण्ड बिपरित भएको पाइए तुरन्तै रोक्ने छौं।’

प्राप्त जानकारी अनुसार निजगढ नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को ज्येष्ठ मसान्तसम्म श्री गणेश सप्लायर्सलाई १ करोड ३ लाख घनफिट बकेया खोला उत्खनन् गर्न टेण्डर दिएको छ। तर अनुगमनको क्रममा ठेक्काको म्याद सकिन एक महिनभन्दा बढी समय बाकी छदै ३ गुणा बढि नदि उत्खनन् भएको आसंका गरिएको छ।

उता कोल्हबी नगरपालिकाले सोही खोलालाई ८० लाख घनफिट उत्खनन् गर्न महागौरी सप्लायर्सलाई टेन्डर लगाएको छ। ठेक्का बमोजिम १ महिना पहिल्यै ७५ प्रतिशत खोला उत्खनन् भइसकेको प्रतिवेदन जिससमा आएको छ। तर अहिलेपनी व्यापक रुपमा खोला उत्खनन भएको पाइएको छ।मापदण्ड अनुसार दैनिक तिनसय घनमिटर उत्खन गर्नुपर्नेमा त्यस्को कयौं गुणा बढी उत्खनन् भएको पाईएको छ।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तत्कालै खोलाको ‘देप्थ र लेन्थ’को प्राविधिक परिक्षण गर्न निर्देशन दिइएको र प्रतिवेदन आएपछी थप कदम चालिने बताए। उनले प्रारम्भिक वातावरणिय परिक्षणमा उल्लेख भएकोभन्दा बढी मात्रामा खोला उत्खनन् भएको देखिएको बताए ।

यसरी ठेक्का लिएकोभन्दा बढी नदिजन्य पदार्थ उत्खनन् हुंदा वातावरणमा प्रभाव परेसङ्गै जिल्लाको तल्लो भागमा बर्सेनि सुक्खा पर्ने गरेको छ। अनियन्त्रीत नदि उत्खननले नागरिकले बाढी-पहिरोको जोखिम समेत खेप्नु परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology