उपेन्द्र पासवान । पर्साको पोखरिया नगरपालीकामा सँचालन रहेको मालपोत कार्यालय पोखरिया पर्साले २ महिनामा ५८ लाख १४ हजार ४ सय ६० रुपैया राजस्व सँकलन गरेको मालपोत कार्यालय पोखरियाको कार्यालय प्रमुख रामजी साहले बताए ।
मालपोत प्रमुख साहका अनुसार १४ वटा सन्शोधन फाईल, ५१ वटा दाखील खारिजको फाईल,४७ वटा हाल साविकको फाईल, ७८ वटा नामसारीको फाईल गरी जम्मा १९० वटा फाईलको काम सम्पन्न भएको उनले बताए छन ।
१९० वटा फाईलको काम सम्पन्न वापत मालपोत कार्यालय पोखरियाले ६ लाख ७५ हजार ५ सय राजस्व संकलन गरेको उनले बताए ।
रजिस्ट्रेशन लिखत पारित ५५३ वटा फाईलको फाल्गुन महिनामा ९ लाख ६३ हजार ९ सय ७८ रुपैया, चैत्र महिनामा २० लाख ६९ हजार ४ सय ८२ रुपैया , बैसाख महिनाको १४ गते सम्म १५ लाख ५ सय रुपैया , दृस्टिबन्धक रोक्का ४४९ वटा पारित भएको छ ।त्यस बाट ६ लाख ५ हजार राजस्व सँकलन भएको उनले बताए छ ।
२०८१ फालगुन १५ गते देखी संचालनमा आएको मालपोत कार्यालय पोखरियाले २०८२ बैशाख १४ गते सम्म २ महिनामा ५८ लाख १४ हजार ४ सय ६० रुपौया राजस्व संकलन गरेको र हाल सम्म कुनै प्रस्तावित फाईल नरहेको कार्यालय प्रमुख रामजी साहले जानकारी गराए सँगै मालपोत कार्यालय पोखरियामा भइरहेको काम काज समबन्धी कार्यालय प्रमुख साह सँग बुझदा सहजै रुपले सेवा ग्राहीले सेवा लिई सन्तुष्ट रहेको र सेवा समबन्धी कुनै समस्या नभएको उनले दावी गरे । सेवा लिदा कुनै कठिनाई नरहेको र कठिनाई वा समस्या भए निर्धक भई कार्यालय प्रमुखलाई जानकरी गराउनसेवा ग्राहीहरु सित कार्यालय प्रमुख रामजी साहले अनुरोध पनी गरेका हुन ।