कलैया । बिगत केही महिनादेखी मधेस प्रदेशको मुख्यमन्त्री सतिश सिंहले अस्पताल अनुगमनको क्रम बढाएका छन । अस्पताल अनुगमनको क्रममा अधिकान्स निजि अस्पताल मापदन्ड बिपरित, नियम कानून विपरित संचालन गरेको पाइएको हो ।
मधेस प्रदेशको आठवटै जिल्लाहरूमा अस्पताल अनुगमनको क्रममा मापदन्ड विपरित भएका अस्पतालहरूलाइ बन्द गर्न निर्देशन दिदै करिब १ सय भन्दा बढी अस्पताल बन्द समेत गराएका छन । तर गत शनिवार बाराको सदरमुकाम कलैयामा संचालन रहेको १२ वटा अस्पताल मापदन्ड विपरित रहेको पाइएपछी स्थानीय नेताहरू तिरमिराउन थालेको एक भिडियो क्लिप बरामद भएको छ ।
स्थानीय केही नेताहरू इमान्दारिताको भासण गर्दै हिडेपनी निजि अस्पताललाई कमाइ खाने भाडो बनाएको बारे छर्लङ्ग नै भएको छ । मधेस प्रदेशको मुख्यमन्त्री सतिश सिंहले मापदन्ड पूरा नगरेको अस्पतालहरू बन्द गराएपनी अस्पताललाई नै माध्यम बनाइ दानापानी चलाइरहेका नेताहरू समाजिक संजालमा बिरोध समेत गरेको पाइन्छ । मुख्यमन्त्रीले गरेको काम प्रति प्रशन्सा गर्नु पर्ने ठाउमा उल्टै आफ्नो अनदाना बन्द हुने डरले त्रसित नेताहरू मुख्यमन्त्रीको बिरोध गर्दा जनता समेत स्थानीय पालिकाको इमान्दारिता माथी प्रश्न तेर्साउन सुरू गरेका छन ।
मुख्यमन्त्री सतिश सिंहले नेपाली जनताको उपचार हुने ठाउमा कुनै किसिमको लापरवाही नहोस, आकस्मिक सेवा दिन सकिने खालका अस्पताल संचालन गर्न प्रेरणा जगाइरहेको क्रममा स्थानीय नेताको बिरोधले आफैले लगाएको धोती, आफैले खोल्ने काम गरेको अभास जनताले गर्न थालेका छन । स्थानीय तहको निर्वाचन सम्पन्न भएको ३ बर्ष बित्दा समेत एकचोटी पनि निजि अस्पतालमा अनुगमन गर्न पुग्नै नसकेका कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले मुख्यमन्त्रीको आदेशलाइ धज्जी उडाउदै संचालन गर्न आदेश दिएका छन ।
स्थानीय तहको हकमा ५ देखि १५ बेडसम्मको अस्पताल संचालन गर्न पाइने भन्दैमा मापदन्ड भएको नभएको बारे जानकारी हुदा हुँदै हैकमवादी तरिकाले संचालन गर्न आदेश गर्नुले जनतामा नेताहरू प्रतीको बिश्वास गुम्दै गएको देखा पर्न थालेको छ । स्थानीय तहको हकमा पोलि क्लिनिक संचालन गर्न नपाइने प्रवधान रहदा रहदै कलैया उपमाहनगरपालिकाका मेयर बिनोद साहले दिएको अभिब्यक्ती र आदेश प्रती इमान्दारिताको ढोङ्ग मात्र रचिएको बारे उजागर भएको छ ।
जनताको सेवा गर्छु भन्दै निर्वाचित हुने मेयर साहले कम्बल ओढेर घ्यू पियुउदै गरेको यस घटनाले प्रमानित गरेको छ । स्थानीयहरूका अनुसार कलैया उपमाहनगरपालिकाको हालसम्मको असफल मेयरको रूपमा बिनोद साह रहेको बताउछन । तर आफुलाइ टाइट मेयरको रूपमा ढोङ्ग रचने मेयरको कालाकर्तुतको बिषयमा मधेस प्रदेशको मुख्यमन्त्री सतिश सिंहले अनुगमन गर्दा आफै छर्लङ्ग भएका छन ।