काठमाडौं । काठमाडौंको बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप हुँदा ७ शिक्षक घाइते भएका छन् ।
शिक्षकहरूले आइतबार बानेश्वरमा प्रहरीको घेरा तोडेर अगाडि बढ्ने प्रयास गरेपछि झडप भएको काडमाडौँ जिल्ला परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
शिक्षकहरू आक्रामक बनेपछि बल प्रयोग गरेको प्रहरीको दाबी छ। प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेको छ। त्यसबाट ७ जना शिक्षक घाइते भएको पनि एसपी बोहराले बताए।
घाइतेहुनेमा बारा शिक्षक संघका अध्यक्ष राजकिशाेर सहनी,उपाध्यक्ष शुभाषचन्द्र यादव,संघिय प्रतिनिधी बाबुराम लगायतका रहेकाछन । उनीहरूकाे नयाबानेश्वर स्थित एभरेष्ट हस्पिटलमा उपचार भइरहेकाे छ । अरू विवरण संकलन गरिरहेको र केही प्रहरीलाई पनि चोट लागेको उनले बताए।
एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले स्थिति सामान्य रहेको पनि एसपी बोहराले बताए।