कलैया । सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले आफ्नै निजि गाडीलाई महङ्गो भाडा दर कायम गरि समझौता गरिएको रहस्य बाहिर आएको हो ।
सिम्रौनगढ नगरपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनारायण यादव लाई पाखा लगाई नगर प्रमुख किशोरी प्रसाद कलवारको किर्ते हस्ताक्षर सिफारिस पत्र बाट नियुक्त भएको जैसवालले कमिसनको कमाई बाट गाडी खरिद गरेका छन ।
सिम्रौनगढ नगरपालिकामा मिति २०८१ असार १० गते संघीय बिकास तथा समान्य प्रशासन मन्त्रालयको पत्र बाट उनी हाजिर भएको ११ महिना मै आफ्नो निजि गाडी खरिद गरेका छन । आफै हाकिम आफै ड्राईभरको भुमिकामा रहेको जैसवालले आफ्नै निजि गाडी प्रतिदिन रु ६५००/ को दरले मांसिक भाडा दर कायम गरि समझौता गरिएको छ ।
सिम्रौनगढ नगरपालिकामा जनताको कर बाट महङो गाडी भाडा तिर्नु पर्ने अवस्थाले यतिबेला स्थानीयबासिले बिरोध जनाएका छन । स्थानीय तह सरकार संचालन ऎनमा उल्लेख नीति नियम बिपरित निजि भाडाको गाडी महङ्गो दरमा समझौता गरेकाले हाकिम कै निजि स्वार्थ पूरा भएको देखिन्छ ।
निजि गाडी हाकिम जैसवालले आफ्नो निजि काममा प्रयोग गरेपनि सो दिनको भाडा दर समेत नगरपालिकाले बेहोर्ने भएका छन । नगरपालिकालाई कमिसनको जालोमा बुनिएको भ्रष्ट हाकिम जैसवाल भ्रष्टाचारमा लिप्त भएका छन ।