कलैया । बाराको सिम्रौनगढ नगर अस्पतालको औषधि खरिदको भुक्तानी रोक्का गरिएको छ । सो योजनाको रु ३० लाख भुक्तानी बापत बीस प्रतिशात कमिसन नदिदां भुक्तानी रोका गरिएको रहस्य बाहिर आएको छ ।
सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले सिम्रौनगढ नगर अस्पतालको रु ३० लाखको चेक भाउचर तत्कालीन लेखा अधिकृत संजिव कुमार झाको हस्ताक्षर रहेको तर जैसवालले कमिसन बिना आफू हस्ताक्षर नगर्ने बताएपछि अधुरो चेक रिभर्स हुन सकेको छैन ।
जुनसुकै योजनामा कमिसन उठाउन माहिर भ्रष्ट हाकिम जैसवालले आफुलाई कमिसन आउने फाईलको मात्र लेखाशाखाबाट भुक्तानी दिने गरेको प्रष्ट भएको छ ।
सिम्रौनगढ नगरपालिकामा कार्यरत लेखापाल श्याम पटेल समेत हाकिम जैसवालको ईशारामा कठपुतली बनी कार्यालय बाहिर नै काम गर्ने गरेका छन । सिम्रौनगढ नगर अस्पतालको नाममा रु ३० लाखको चेक मिति २०८१ फाल्गुन १३ गते काटिएको भएपनी प्रमुख प्रशासकीय अधिकृत जैसवालले बिना कमिसन आफुले सदर नगर्ने नगर अस्पताल प्रमुख जयनारायण यादवले जानकारी गराए ।
सिम्रौनगढ नगरपालिकाले सिम्रौनगढ नगर अस्पतालको स्तर उन्नति ,औषधी खरिदको लागि रु ५३ लाख निकास बोर्डको निर्णय बाट गरेको भएपनि भ्रष्ट हाकिम हरिओम जैसवालले रु ३० लाखको चेक भुक्तानीमा बीस प्रतिशात सम्म कमिसन मांग गर्नु र अहिलेसम्म चेक रिभर्स गरि भुक्तानी नगर्नुले सरासर कमिसनको लालच देखिएको प्रष्ट हुन्छ ।
सिम्रौनगढ नगर अस्पतालको अवस्थामा दिनप्रतिदिन लथालिङ्ग फार्मेसी , ल्याब सेवा , ओ पि डि सेवा , एक्सरे सेवा ठप्प भएको अवस्थामा स्थानीय तहले बिकास गर्नुको सट्टा भ्रष्ट हाकिम जैसवालले देखाएको कमिसनको घृणित खेलले स्थानीयबांसिले यतिबेला उनको चर्को बिरोध गरेका छन । यता नगर अस्पतालको खरिद प्रक्रिया नमिलेको कारण भुक्तानी रोकेको प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले दाबी गरेका छन ।