बारा, २९ चैत्र / बारा जिल्लाको प्रमुख नाकाको रुपमा मानिने मटीअर्वा नाकाबाट हडि र केराउको तस्करी तिब्र रुपले अगाडी बढेपनि स्थानीय प्रहरी प्रशासन रकममा लिप्त हुने गरेको पाइन्छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथ र सहयोग पाए पश्चात कवाडको नाममा चौपायाको हडि र हरियो केराउको तस्करीमा तिब्रता भएको पाइएको हो ।
प्रस्तावीत सिमा सुरक्षा बल नेपाल र प्रहरी चौकी मटीअर्वाका द्वय प्रमुखहरु आर्थिक लोभमा परेकै कारण तस्करी कार्य रोक्न नसकिएको स्थानीयहरु बताउछन । प्रहरीहरुको डयुटी रकमका साथै मासिक रुपमै नजराना उठन थालेपछि ठुला वडा तस्करहरु मटीअर्वा नाकामा सल्बलाउन थालेका छन ।
हरियो केराउको तस्करी गर्न प्रहरीहरुबाटै ग्रिन सिग्नल पाए पश्चात तस्करी गर्न दिइएको श्रोतले बताएका छन । स्थानीय श्रोतका अनुसार दिउसै ट्रकमा कवाडको नामले हडि खसाउने र रातिको समयमा हडि निर्यात गर्नुको साथै केराउ आयात हुने गरेको बताए ।
एक जना प्रहरी श्रोतका अनुसार प्रहरीको माथिल्लो निकायसम्म सेन्डिगेट मिलाउन रकमको अभावका कारण दुवैतर्फबाट तस्करीको लाइन मिलाएको बताए । मटीअर्वा नाकाबाट कुख्यात तस्करहरुलाई तस्करीको लाइन पाएको बुझिन्छ । स्थानीय श्याम र मुन्ना भन्ने कुख्यात तस्करहरुलाई स्थानीय प्रहरीहरुले तस्करीको लाइन दिइएको श्रोतको दावी रहेको छ ।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक संतोष तामाङले जिल्लाभरीका तस्करहरुलाई निगरानीका साथै तस्करी नियन्त्रण गर्न निर्देशन दिएको भएतापनि माथिल्लो निकायको आदेशलाई धज्जि उडाउदै स्थानीय प्रहरी प्रशासन रकममा लिप्त हुने गरेको देखिन्छ ।